चुलाचुली १, मा ‘किरात लिपी लिम्बू भाषा’ सरकारी कामकाजी भाषा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुलाचुली १, मा ‘किरात लिपी लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका १, मा ‘किरात लिपी लिम्बू भाषा’लाई सरकारी कामकाजको भाषाको रुपमा लागू गरेको छ ।

सोमबार वडाकार्यालयको सभा हलमा कामकाजी भाषा घोषणा कार्यक्रमको आयोजना गरी ‘किरात लिपी लिम्बू भाषा’लाई कामकाजी भाषाको रूपमा घोषणा गरिएको हो ।

चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको भएपनि औपचारिक रुपमा भन ेसोमबारबाट घोषणसभागरि शरु गरेको हो ।

यसैगरी कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, माङ्सेबुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष नरेन्द्र कुमार राई, चुलाचुली गाउँपालिकाका शिक्षा प्रमुख राम मिश्र, वडा नम्बर २ का अध्यक्ष रण बहादुर लिम्बू, लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा वडाकार्यालयका सहयोगीद्धय पर्वत राई र बीना बस्नेतलाई सम्मान समेत गरिएको थियो । चुलाचुली गाउँपालिका वडा नंं १ का वडाध्यक्ष पुर्ण लावतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बिवस बलिभद्र कोईरालाले संचालन गरेका थिए ।

यस अघि गत भदौ ३ गते वडा कार्यलयको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै वडा अध्यक्ष पुर्ण लावती (ध्रुव) ले लिम्बू जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बू समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने उदेश्यले ‘किरात लिपी लिम्बू भाषा’लाई सरकारी कामकाजको रूपमा गत भदौ १ गते लेखि लागू गरेको बताए ।

अध्यक्ष लावतीले कार्यपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममै ‘किरात लिपी लिम्बू भाषा’लाई सरकारी कामकाजको रूपमा लागू गर्ने निर्णय भए पनि विबिध कारणले आर्थिक वर्ष २०७८÷०७९ बाट मात्र लागू गर्न सकिएको बताए । वडामा दोभाषे कर्मचारीको रुपमा जय सङबाङफेलाई नियुक्त गरेको उनले बताए ।

उनले किरात लिपीको संरक्षण सम्वद्र्धन र उत्थानको लागि स्थानीय बासीको जन चाहानालाई सम्मान गर्दे सरकारी कामकाजको भाषाको रूपमा लागु गर्न सफल भएको बताए ।

यस्तै गत साउन ३२ गते घोषणा कार्यक्रम गर्दै औपचारिक रुपमा लागु गर्ने निर्णय भएपनि कोभिड–१९ को कारण जिल्ला प्रशासन कार्यलयले लागु गरेको निशेदज्ञालाई पालना गर्नुपर्ने भएकोले घोषणा कार्यक्रम स्थगन गरिएको अध्यक्ष लावतीले बताए ।

अन्तरक्रिया कार्याक्रममा माङसेबुङ गाउँपालिका ५, का दोभाषे सचिव सुनिल सेर्माले ‘किरात लिपी लिम्बू भाषा’लाई सरकारी कामकाजको रूपमा लागू गर्ने क्रममा आवश्यक प्राविधिक समस्या र प्रयोग विधि सम्बन्धी आधारभूत विषयको वारेमा जानकारी गराएका थिए ।

यस अगाडि इलामको माङ्सेबुङ् गाउँपालिका ५ र पाँचथरको फाल्गुनन्द गाउँपालिकाले पनि ‘किरात लिपी लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाको रूपमा संचालन गरि सकेको छ ।

सम्बन्धित खवर