जसपा शिल्पी विशेष समितिको बैठक सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा शिल्पी विशेष समितिको बैठक सम्पन्न

  • नरेश विश्वकर्मा

ईटहरी । जनता समाजवादी पार्टी नेपाल शिल्पी विशेष समिति प्रदेश १ को बैठक शनिबार(आज) सम्पन्न भएको छ ।

समितिका अध्यक्ष नरेश विश्वकर्माको अध्यक्षता एवम् शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको विशेष बैठकले पार्टीद्वारा संचालित सुदृढीकरण तथा जनजागरण अभियानलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण निर्णयहरु गरि सार्वजनिक गरेको छ ।

जस अनुसार शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका उपाध्यक्ष ज्ञानकुमार परियारको संयोजकत्वमा पछि थप गर्नेगरि ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

समितिका सदस्य सचिवमा समाजवादी दलित मुक्ति संगठन प्रदेश १ का अध्यक्ष वालकुमार मुदेल, सदस्यहरुमा गोमा भूसाल (झापा) नरेश विश्वकर्मा (सुनसरी), धनिकलाल खत्वे (सुनसरी), मोहन विक (उदयपुर), बुद्ध बराईली (झापा), मनकुमार विक (झापा), तिलक मुदेल (खोटाङ्ग) शोभा हरिजन (मोरङ्ग) र मणिराम घतानी (सुनसरी) रहेका छन् ।

समितिले सबै जिल्ला समन्वय समितिसंग सहकार्य गरि अभियानमा शिल्पी÷दलितहरुको उल्लेख्य उपस्थिति गराउने निर्णय गरेको छ ।

सम्बन्धित खवर