देशभर थप १ हजार ४३ कोरोना संक्रकण पुष्टि, १२ को मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ४३ कोरोना संक्रकण पुष्टि, १२ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ४३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार बुधबार देशभरबाट ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ७२ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार १ सय ६५ आरटी पिसिआर र ४ हजार ३ सय एन्टिजेन गरी कुल १५ हजार ४ सय ६५ जनामा परीक्षण गरिएकोमा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार १ सय ९४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १४ हजार ९ सय ७५ जना होम आइसोलेसनमा, १ हजार २ सय १९ संस्थागत आइसोलेसनमा र ४ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३८ जना र भेन्टिलेटरमा १ सय १५ जना उपचाररत छन् ।

 

सम्बन्धित खवर