माङसेबुङ सहकारीको १६ औं बार्षिक साधारणसभा सम्पन्न - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ सहकारीको १६ औं बार्षिक साधारणसभा सम्पन्न

माङसेबुङ । माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको १६ औ वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ ।

माङसेबुङ ५ स्थित श्री सरस्वती माविको हलमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ इलामका अध्यक्ष विष्णु सुब्बा दाहालले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो । भने, अतिथिहरु माङसेबुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेन्द्र राई, श्री सरस्वति माविका प्रधानाध्यापक हरी आङदेम्बे, समाजसेवी चन्द्र साँबा लगायत रहनु भएको थियो ।

उत्कृष्ट किस्ता भुक्तानी कर्ता मनकुमारी लिम्बू र उत्कृष्ट वचतकर्ता राजेन्द्र आङदेम्बेलाई सम्मान गरिएको सहकारी संस्थाका व्यवस्थापक चनबहादुर सेर्माले बताए ।

संस्थाको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७७÷०७८ को शेयर पुँजी ७१,५३,८८९। रुपैया पुगेको छ । भने नाफा ६,७३,४००। रुपैयाँ रहेको छ ।

संस्थाको आर्थिक वर्ष ०७७/०७८ को आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक कार्यक्रम तथा अनुमानित आय व्यय विवरणहरु समेत पारित गरिएको छ ।

माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटका अध्यक्ष राजेन्द्रविक्रम खजुमको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दुधबहादुर लाओतीले गरेका थिए भने, संस्थाका लेखापाल समिता थेबेले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर