एकै घरमा ११ सहित पाँचथरमा पहिरोले पुरिएर २७ जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकै घरमा ११ सहित पाँचथरमा पहिरोले पुरिएर २७ जनाको मृत्यु

पाँचथर । पाँचथर जिल्लामा दुईदिन आएको अविरल बर्षाका कारण पहिरोले वितण्डा मच्चाएको छ । बुधवार साझसम्ममा २४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ ।

प्रहरी कार्यालय पाँचथरका इक्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार मिक्लाजुङ्–५ मा एकैघरमा ११ जनासँगै २४ जनाको मृत्यु, २ बेपत्ता र ६ जना घाईते भएको छन् ।

प्रहरीका अनुसार मिक्लाजुङमा थप ७ सहित १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर गाँउपालिका अध्यक्ष अमर माखिमका अनुसार मृत्यु हुनेको संख्या २१ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको बताएका छन् ।

अध्यक्ष माखिमले बताए अनुसार जिल्लामा मृत्यु हुनेको संख्या २७ पुगेको देखिन्छ । उनको भनाईलाई उदृत गर्ने हो भने मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु, २ बेपत्ता, वार्ड न. १ मा २, वार्ड २ मा २ जना यस्तै ७ नम्बर वार्डमा २ जनाको मृत्यु भएको छ भने वार्ड नं. ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । अध्यक्ष माखिमले मिक्लाजुङको प्राय सबै वार्डहरुमा पहिरोले क्षति पु¥याएको हुँदा उद्वारमा कठिनाई भएको जानकारी दिएका छन् ।

अविरल बर्षासँगै पहिरोमा परि फिदिम नगरपालिकामा २ जना, फाल्गुनन्द गाँउपालिकामा ३ र कुम्मायक गाँउपालिकामा १ जनाको मृत्यु भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न भने ढिलाई भएको जनाइएको छ ।

धेरै ठाँउमा पहिरो गएकाले प्रहरी तथा उद्वार टोली पुग्नलाईनै समस्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यहाँका सबैसडक अवरुद्ध हुदाँ घटना स्थलसम्म पुग्नपनि समस्या छ । क्षति अझै बढ्न सक्ने अनुमान भएको जनाएको छ ।

बर्षाले अत्यान्त जटिले परिस्थिति निर्माण गरेपनि सुरक्षाकर्मी घटना स्थलहरुसम्म पुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

 

सम्बन्धित खवर