घाइतेको उपचारमा गएका माङसेबुङका दुई स्वास्थ्यकर्मी बेपत्ता - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

घाइतेको उपचारमा गएका माङसेबुङका दुई स्वास्थ्यकर्मी बेपत्ता

माङसेबुङ । पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न गएका माङसेबुङका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।

इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ कुरुम्बामा पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका स्वास्थ्यकर्मी ठाकुरप्रसाद याक्खा र सुमन राई बेपत्ता भएका हुन् ।

याक्खा र राई दुवै माङसेबुङ–६ स्थित बाँझो स्वास्थ्य चौकीमा कार्यरत थिए । मंगलबार साँझ उपचारका लागि घाइतेको परिवारले बोलाएपछि उनीहरु उपचारका लागि घटनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिँडेको ५ मिनेटपछि नै उनीहरु सम्पर्कविहीन भएका हुन् ।

नजिकै पहिरो गएको ठाउँ भएकाले सोही पहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको खोजीकार्य जारीरहेको छ । तर हालसम्म फेला पर्न सकेको छैन । इलाम सुम्बेक घर भएका याक्खा र माङसबेुङ २ इभाङ घर भएका राई साइनोमा साढुदाई र साढुभाई हुन् ।

सम्बन्धित खवर