पहिरो परी इलाममा १३ जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिरो परी इलाममा १३ जनाको मृत्यु


इलाम । वर्षाका कारण पहिरोमा परी इलाममा १३ जनाको ज्यान गएको छ ।

पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ ।

फाकफोकथुम–३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो ।

२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् ।

यसैगरि सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोमा परि मृत्यु हुनेमा २९ वर्षिय कविता राई र ५३ बर्षिय हरि प्रसाद राई रहेका छन् ।

यस्तै सोहि ठाउँकी ८२ बर्षिय रनश्वरी राई र ५३ बर्षिय हरि माया राई बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलाममा २ जना बेपत्ता रहेका छन् । पहिरोका कारण दर्जनभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

सम्बन्धित खवर