पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्ग खुल्यो - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्ग खुल्यो

इलाम । झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

बिहिबार अपराहानबाट पहिरोका कारण अबरुद्ध रहेको झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग खुलेको हो ।

मंगलबार दिउँसोदेखि अबरोद्धको कारण सञ्चालनमा आउन नसकेको राजमार्ग खुलाउन बुधबार सबेरैबाट खुलाउने प्रयास गरिएको थियो ।

राँकेदेखि फिदिम खण्ड बुधबार राती अवेरसम्म खुलाउनका लागि प्रयास भएपनि बिहिबार (आज) दिउसोबाट ताप्लेजुङबाट पाँचथरको फिदिम देखि राँके सम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए ।

पाँचथर देखि इलामको रक्से सम्म्मको सडकमा भएको अबरोध पनि खुलेकोे इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उक्त अबरोध हटेसंगै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो ।

बाटो अबरोध हुँदा मंगलावर रातीदेखिनै यात्रुहरु बिचबाटोमा रोकिएका थिए ।

 

सम्बन्धित खवर