कियाचु झापाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु झापाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

दमक । किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाको आयोजनामा वलिहाङ् तङ्नाम २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार किरात याक्थुङ् चुम्लुङ् झापा चुम्लुङ्हिमको परिसरमा कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य तथा जिल्ला सल्लाहकार कृष्ण थेबेको प्रमुख अतिथ्यता शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला सदस्य रुद्र तबेबुङ्, जिल्ला सदस्य तथा भद्रपुर नगर शाखा अध्यक्ष सर्मिला आङ्देम्बे, जिल्ला सदस्य तथा कमल गाउँ शाखा कोषाध्यक्ष चन्द्रकला सुब्बा, विर्तामोड नगर शाखा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, बाह्रदशी गाउँ शाखा अध्यक्ष केशव लिबाङ् लगायतले वलिहाङ् तङ्नामको महत्व र विशेषता बारेमा चर्चा गरेका थिए ।

कार्यक्रम कियाचु झापाका अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको अध्यक्षतामा सह–सचिव कविन्द्र सेर्माले स्वागत मन्तव्य राखेका थिए भने सचिव प्रेमचन्द्र इवारम लिम्बूले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर