‘लिम्बु पहिचान’ कृतिमाथि फेदेनमा गरियो समिक्षा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘लिम्बु पहिचान’ कृतिमाथि फेदेनमा गरियो समिक्षा


पान्थर । मौलिक याक्थुङ पहिचानको खोजमा आधारित पुस्तक ‘लिम्बू पहिचान’ कृतिमा समेटिएका विषयबस्तु माथि बुधबार पाँचथरको फिदिममा चर्चा गरिएको छ ।

लिम्बु स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले पुस्तकमा लिम्बुहरुको भाषा, धर्म, सस्कृति, लिपी, रितिरिवाज र परम्परालाई समेट्न खोजेको बताए ।

१ नम्बर प्रदेशका विभिन्न जिल्लालाई कर्म क्षेत्र बनाएका १५ जना लेखकका खोजमुलक लेख प्रकाशित भएको उक्त पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावतीको भनाई थियो ।

पुस्तक चर्चा कार्यक्रममा सहभागीहरुले लिम्बू जातीको पुस्तौनी धर्म किराँत र लिपी सिरिजंगा हुँदा हुँदै त्यसलाई तोडमोड गर्न खोजेको भन्दै लेखकहरुलाई आरोप लगाएका थिए ।

कार्यक्रममा चलचित्रकर्मी सागर केरुङ र युवा सर्जक नुनाम केरुङले पुस्तकले यथार्थ मोड्न खोजेको भन्दै चर्को आलोचना गरे भने केहि टिप्पणीकर्ताहरुले पुस्तक र लेखको बचाउमा लागेका थिए ।

याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगूको प्रमूख आतिथ्यता तथा लिम्बुवान स्टडी सेन्टरका अध्यक्ष दिलेन्द्र कुरुम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकमा समेटिएका विषयवस्तु उपर प्राज्ञ सदस्य हरिचन्द्र लावती र सर्जक प्रेम ओझाले टिप्पणी गरेका थिए ।

सम्बन्धित खवर