कोरोनाका कारण बन्द ईपीएस मंसिर देखि खुल्ने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाका कारण बन्द ईपीएस मंसिर देखि खुल्ने

काठमाडौं । कोरोना महामारीका कारण झण्डै २ बर्ष देखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिर देखि खुल्ने भएको छ ।

कामदार लान बन्द गरेको दक्षिण कोरियाले आगामी महिना नोभेम्बर अर्थात् मंसिर दोस्रो साता देखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।

कोरियाको श्रम मन्त्रालयले उक्त जानकारी दिएको हो । मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम साता सुरु गरिने भएको हो ।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसंगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो । नेपालबाट मात्र हरेक वर्ष ५ हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका थिए ।

सम्बन्धित खवर