नेपाली सेनालाई ३ लाख डोज खोप चीनले दियो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली सेनालाई ३ लाख डोज खोप चीनले दियो

माङसेबुङ डेस्क । नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप चीनले दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् । खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

 

सम्बन्धित खवर