साङ्वा वंश उत्थान संघ धनकुटा गठन - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साङ्वा वंश उत्थान संघ धनकुटा गठन

धनकुटा । साङ्वा वंश उत्थान संघको धनकुटा जिल्ला समिति गठन सम्पन्न भएको छ ।

धनकुटा जिल्लामा वसोवास गर्ने लिम्बू जाति अन्तर्गत साङ्वा थरी लिम्बूहरुको एक भेलाले साङ्वा वंश उत्थान संघ जिल्ला समिति धनकुटा तदर्थ समिति गठन गरेको हो ।

धनविर साङ्वाको अध्यक्षतामा सम्पन्न उक्त भेलाले समितिको अध्यक्षमा धनविर साङ्वा, उपाध्यक्ष प्रसाद सिं साङ्वा, सचिव काजीमान साङ्वा, कोषाध्यक्ष धनु साङ्वा सदस्यहरुमा चेतमाया साङ्वा, शशी साङ्वा र डिल्लीश्वर साङ्वा गरी ७ सदस्यीय तदर्थ जिल्ला समिति चयन गरेको छ ।

भेलाले हाङ्वेरुहाङ् साङ्वा वंशावली प्रकाशनको लागि आर्थिक सहयोग संकलन गर्ने, साङ्वा वंशावली मस्यौदामा छुटेका नामावली संकलन गर्ने लगायतका निर्णय गर्दै भेला सम्पन्न गरिएको तदर्थ समितिका अध्यक्ष धनविर साङ्वाले वताए ।

सम्बन्धित खवर