फोनिज इलामको अधिवेशन सदरमुकाममा हुुने - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज इलामको अधिवेशन सदरमुकाममा हुुने


इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले पाँचौ जिल्ला अधिवेशन २५ मंसिरमा इलामको सदरमुकाम इलाम बजारमा गर्ने निर्णय गरेको छ ।

फोनिज इलाम शाखाको शनिबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार तोकिएकै मितिमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले २८ कात्तिकदेखि ७ मंसिरसम्म १० दिनको समयावधि तोकेर नयाँ सदस्यता वितरण र नवीकरण गर्ने निर्णय गरेको छ ।

फोनिजको विधान अनुसार नयाँ सदस्यताका लागि प्रवेश शुल्क २ सय रुपैयाँ र नवीकरणका लागि सदस्यता शुल्क वार्षिक १ सय रुपैयाँ लाग्नेछ ।

११ कात्तिकमा सम्पन्न फोनिजको संघीय कार्यसमितिको बैठकले १५ मंसिरसम्म सदस्यता वितरण र नवीकरण, २५ मंसिरमा सबै जिल्ला र विदेश शाखाको अधिवेशन, २४ पुसमा सातै प्रदेशको महाधिवेशन एवम् ७ र ८ माघमा सातौं संघीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर