जसपाद्वारा पालिका स्तरीय युबा सङ्गठन गठन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपाद्वारा पालिका स्तरीय युबा सङ्गठन गठन

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाचथरको कुम्मायक गाउपालिकामा गाउँपालिका स्तरीय जसपा युबा सङ्गठन कुम्मायक गाउँ कार्य समिति शुक्रबार गठन भएको छ ।

माङ्सिङ लाओतिको संयोजगत्वमा २० सदस्यीय गठन भएको सो समितिमा उपाध्यक्षमा नितेश सम्बाहाम्फे कोषाध्यक्षमा मनकुमार सम्बाहाम्फे र सचीवमा आशिष लाओती लगायत अन्य सकृय युबा सदस्यहरु रहेका छन ।

कुम्मायक गाउपालिकामा ठुलो दल भनाउदाहरुको बिभेदकारी नीति र चरीत्र लाई परास्त गर्न जनता समाजबादी पार्टीले आफ्नो पार्टी सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाइ तिब्रता दिएको छ ।

लिम्बुवान राष्ट्रिय समन्वय समिति सदस्य जकेन्द्र लावति जसपा जिल्ला सदस्य बिर्ख सम्बाहाम्फे सुर्यदिप सम्बाहाम्फे लगायत जसपा कुम्मायक गाउँ कार्य समितिका सचिब तेजेन्द्र चेम्जोङ द्वारा पार्टीको गतिविधिलाई अझ शसक्त रूपमा कसरी अघि बढाउन सकिन्छ भन्ने बारे आआफ्नो धारणा राखिएको थियो ।

बिकास निर्माणका नाममा ७५ प्रतिशत गोजीमा र २५ प्रतिशत मात्र काम देखाउने प्रवृत्ति चरम बिन्दुमा मौलाएकोले यस्तो घिनलाग्दो भ्रष्टाचारि ब्याबहार प्रती गाउँ गाउँ बाट टोल टोल बाट आवाज उठाएर खबरदारी गर्नु पर्ने सो उपस्थितिले औल्याएको थियो ।

उक्त कार्यक्रम किराँत याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य गणेश चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर