इलाम क्षेत्र नं. १ को सभापतिमा समशेर राई विजयी - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम क्षेत्र नं. १ को सभापतिमा समशेर राई विजयी


इलाम । नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ को सभापतिमा समशेर राई विजयी भएका छ्न । खसेको ७११ मत मध्ये दुई सय ४७ मत ल्याएर राई सभापतिमा विजयी बनेका हुन ।

३३ मत अन्तरले राई सभापतिमा बिजयी बन्दै गर्दा सभापतिका अर्का उम्मेद्धार भिष्म प्रधानले दुई सय १४ मत प्राप्त गरेका थिए । अर्का सभापतिका उम्मेद्धार दुर्गा बरालले एक सय ९७ मत र मिलन क्षेत्रीले २१ मत ल्याए । समेशर जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य निकट रहेका छ्न ।

सचिवमा २५४ मत सहित राजकुमार लिम्बु सेरेङ र २३१ म्त सहित यामन लामा बिजयी बनेका छन ।

यस्तै सह सचिवमा ३१० मत सहित प्रज्वल भट्टराई र २६६ मत सहित बुघराज लिम्बु प्रत्यक्ष सदस्यमा देवेन्द्र अधिकारी , नितेश खत्री र राजु राई बिजयी बने । सदस्य खस आर्यतर्फ गणेश खड्का सदस्य आदिवासी जनजाती महिला तर्फ बिमला तामाङ र मलता गुरुङ आदिवासी जनजाती खुल्ला तर्फ जिवन राई र रविन देवान बिजयी भएका छन ।

सम्बन्धित खवर