फोनिज इलाम अध्यक्षमा पुनः राम योङहाङ निर्विरोध निर्वाचित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज इलाम अध्यक्षमा पुनः राम योङहाङ निर्विरोध निर्वाचित

इलाम । राम योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

इलाममा बिहीबार राती सम्पन्न पाँचौ जिला अधिवेशनबाट योङहाङ दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

योङहाङ २०७४ मा चौथो जिल्ला अधिवेशनबाट पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । डेढ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका योङहाङ नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष र लिम्बू पत्रकार संघका केन्द्रीय कोषध्यक्ष समेत हुन् ।

उनी इलामबाट संचालित नयाँ बुलन्द अनलाइनका सम्पादक र सौर्य दैनिकका जिल्ला संवादादताका रुपमा कार्यरत छन् ।

अधिवेशनले योङहाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक ख्याम भुजेलले जानकारी दिए । समितिका उपाध्यक्षमा याम माबोहाङ लिम्बू , सचिवमा सोम सुनुवार, सहसचिवमा सृजना श्रेष्ठ र कोषाध्यक्षमा सुनिता खालिङ राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा सङसेमी माङयुङ, लिलाबहादुर लिम्बू, सुस्मा राई, काकीराम लावती, दिपेन लिम्बू, शान्ती गुरुङ, ध्रुब फागो र सरिता राई निर्वाचित भएका छन् ।

अधिवेशनले ८ जना संघीय प्रतिनिधि र ११ जना प्रादेशिक महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । संघीय प्रतिनिधिहरुमा सटेन्द्र जवेगू, दिलकुमार लिम्बू, सन्तोष नेम्बाङ, बुद्धवीर राई, रीता राराहाङ, बेदमाया मुखिया (सोनु), सुजता सुनुवार र कौशिला राई निर्वाचित भएका छन् ।

प्रादेशिक महाधिवेशन प्रतिनिधिहरुमा लोकेन थेवे, जीतमान राई, केशव लिम्बू, बुद्धमाया सोङमी, सेन्छेहाङमा एवाई, सरीता राई, दीपक राई, योगेश लिम्बू, दिलिप शेर्मा, प्रकाश लिम्बू र सुदिप श्रेष्ठ निर्वाचित भएका छन् ।

सम्बन्धित खवर