तेह्थुम । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा राजकुमार तेयुङ ‘तरेबा’ निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न चौथो जिल्ला अधिबेसनले राजकुमार तेयुङ ‘तरेबा’को अध्यक्षतामा १५ सदस्यि जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बिरेन्द्र पयाङगो लिम्बू, सचिबमा बिष्णु राई, सहसचिबमा भिमा खवाहाङ लिम्बू, कोषाध्यक्षमा कृष्ण तामाङ चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा सुजन आङखेवा, मनु याक्थुङवा, संगिता लिम्बू, शिखा पयाङगो, सिर्जना तामाङ, बिकास गुरुङ, बबिता राई, जोनि लिम्बू, चन्द्रा खवाहाङ लिम्बू र सिता लिम्बू चयन भएका छन् ।
प्रादेशिक महाधिबेसन प्रतिनिधीमा प्रकाश पाक्शाँवा, जितलाल कुरुङम्भङ, सुजन आङखेवा, भिमा खवाहाङ, होम पारघरी, सुनिता लिम्बू र बिष्णु राई छनौट भएका छन् ।
यस्तै संघिय महाधिबेसन प्रतिनिधीमा टिआर सेनेहाङ, मनोज तेयुङ र सिता आङबुङ लाई छनौट गरिएको छ । अधिबेसन नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश कमिटी सदस्य महेन्द्र मादेनको प्रमुख आथित्य तथा फोनिज तेह्रथुम शाखाका अध्यक्ष टिआर सेनेहाङको अक्ष्यक्षतामा सम्पन्न भएको हो ।