एकीकृत समाजवादी माङसेबुङको अध्यक्षमा खुलाल - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकीकृत समाजवादी माङसेबुङको अध्यक्षमा खुलाल

माङसेबुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी माङसेबुङको अध्यक्षमा टिकाराम खुलाल चयन भएका छन्

संगठन विस्तारमा लागेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको शनिबार भएको भेलाले टिकाराम खुलालको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो ।

कमिटिका उपाध्यक्षमा संगीता राई, सचिवमा देवाहाङ राई र सहसचिवमा धनकुमार साम्बा चयन भएका छन् ।

यस्तै धनकुमार साम्बाको अध्यक्षतामा माङसेबुङ ३ मा वडा कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा रणहाङ्मा साम्बा, सचिवमा सन्तोष लिम्बू र सहसचिवमा अर्जुन साम्बा चयन भएका छन् ।

त्यसैगरी सोही भेलाले युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटि गठन गरेको छ । कमिटिका अध्यक्षमा द्रोणराव योङहाङ, उपाध्यक्षमा जसुदा साम्बा, सचिवमा धनबहादुर लिम्बू र सहसचिवमा मनप्रसाद राई चयन भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ सदस्य मदनकुमार राईको प्रमुख आतिथ्यता र माङसेबुङ इन्चार्ज हर्क साम्बाको विशेष आतिथ्यतामा भएको कार्यक्रमको संचालन युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् एकीकृत समाजवादीका जिल्ला सदस्य देवाहाङ राईले गरेका थिए ।

सम्बन्धित खवर