काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री विजयी भएका छन् ।
महाधिवेशनमा कुल मत ४६७९ खसेकोमा गगनले ३०२३ मत ल्याएका छन् भने विश्वप्रकाशले २२४६ मत पाएका छन् ।
तेस्रो स्थानमा प्रकाशशरण महतले १५५० ल्याएका छन् । त्यस्तै अर्को प्रत्यासी प्रदिप पौडेलले १४०९ मत लइाएका छन् । भने मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।
थापाले अहिलेसम्म ल्याएको मत कांग्रेसको महाधिवेशनको सबैभन्दा बढी अर्थात् लोकप्रिय मत हो । उनले सभापति शेरबहादुर देउवालेभन्दा बढी मत भएका छन् ।