फोनिज पाँचथरको चौंथो अधिवेशनमा ६ जना सम्मानित - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज पाँचथरको चौंथो अधिवेशनमा ६ जना सम्मानित

  • पदम सुखी सम्बाहाम्फे

पाँचथर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथरले ६ जना पत्रकारलाई सम्मान गरेको छ ।

फिदिममा बुधबार भएको फोनिज पाँचथर चौथो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा फोनिजका संस्थापक दुई जना र पहिलोपटक मातृभाषामा समाचार वाचक ४ जनालाई सम्मान गरेको हो ।

तत्कालिन अनिज हाल फोनिजका संस्थापक सदस्य दिलेन्द्र कुरुम्बाङ र कुमार तामाङ यात्रु सम्मानित भएका छन् । त्यस्तै जिल्लामा पहिलो राई वान्तवा भाषाको समाचार वाचक शान्तिदेवी राई, तामाङ भाषाको समाचार वाचक जङ्ग तामाङ, लिम्बू भाषाको समाचार वाचक सेसेफुङ शेर्मा र मगर भाषाको समाचार वाचक सुजना सारु मगर सम्मानित भएङ्का छन् ।

उनीहरुलाई प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय कार्यसमिति सचिव कमन देवानले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

फोनिज पाँचथरका अध्यक्ष गणेश साङपाङकझ अध्यक्षतामा भएको कार्यक्रममा संघीय सचिव देवानसहित, संघीय सदस्यहरु विजयबोध लावती, चन्द्र पन्धाक (प्रयास), नेपाल पत्रकार महासंघका अध्यक्ष गिरीराज बाँस्कोटा, फोनिज प्रदेश सचिव सन्देश सुब्बा, कोषाध्यक्ष सुसन राई, सदस्य वीरु पापो, फोनिज इलाम अध्यक्ष राम योङहाङ, ताप्लेजुङ अध्यक्ष दिनेश लिङखिम, सम्मानित कुरुम्बाङ र राईलगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले संचारमा समावेशीताका सम्पूर्ण श्रमजीवि कलमजीविहरु एक हुनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति, ७ जना संघीय प्रतिनिधि र १० जना प्रादेशिक महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ ।

अधिवशेनले नयाँ नेतृत्व चयन गर्ने भनिएपनि सहमति हुन नसकेपछि स्थगित भएको छ ।

सम्बन्धित खवर