दमक हत्या प्रकरणमा संलग्न लिम्बूको प्रहरीद्वारा सार्वजनिक - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक हत्या प्रकरणमा संलग्न लिम्बूको प्रहरीद्वारा सार्वजनिक


दमक । बुधबार बेलुकी साँझ ७ बजे घिमिरे मार्केटमा भएको हत्यामा घटनामा संलग्न दमक १ का २० वर्षीय अर्जुन लिम्बू पक्राउ परेका छन् ।

लिम्बुलाई दमक प्रहरीले पुष १ गते पक्राउ गरेको हो । उनलाई झापा प्रहरीले पत्रकार सम्मेलन मार्फत शुक्रबार सार्बजनिक गरेको छ ।

दमकको घिमिरे मार्केटमा कार्यरत तेज प्रसाद पराजुलीको बुधबार साझ हत्या भएको थियो । ३ महिनाअघि उनीहरु बिच सामान्य बिबाद भएको प्रहरी अनुशासनबाट खुलेको छ ।

पराजुली दमकको एक फेन्सी पसलमा काम गर्दै आएका थिए । बिना कारण कुटपिट गरेकाले लिम्बुले पराजुलीलाई पानी भर्न गएको अवस्थामा घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार लिम्बू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको छ ।

 

सम्बन्धित खवर