नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो निर्वाचित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मिक्सो निर्वाचित

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । कुल २४०मतमध्ये १६९ मत ल्याउदै नेम्वाङ विजयी भएका हुन् ।

उनका प्रत्यासि रहेका अध्यक्षमा अर्का उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका थिए । अध्यक्षमा ७ मत बदर भएकोनिर्वाचन समितिले जनाएको छ ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १११, देवान चाम्लिङले १२० र शिवकुमार डाँगीले ११३ मत ल्याएर विजयी भएका छन् ।सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रा ल्याएकाथिए ।

यस्तै ३ जना सहसचिवमा कुमारी राईले ११४, सागर किराँतीले ७३ र ऋषिराम ढुङ्गानाले ९५ मत ल्याएर विजयी भएका छन् ।कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वन्दना झाँगडले ५७ मत मात्राप्राप्त गरिन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो ।मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

लामो समयसम्म पार्टीमा योगदान गरेका नेम्बाङ प्रदेशमानिक्कै प्रभावशाली नेताले परिचित छन् । हाल उनी वर्तमान नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव समेत छन् ।

सम्बन्धित खवर