काठमाडौँ । एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने प्रधानमन्त्री देउवाले बताएका छन् ।
‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन’ प्रधानमन्त्री देउवाले भने, ‘प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के देउवाले भने ।
प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गर्नुभयो । उनले गठबन्धन कसैको बिरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए । प्रधानमन्त्री देउवाले आफूले निर्वाचन भन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिए ।
यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामनासमेत दिएका थिए ।