राष्ट्रिय जनमुक्ति पार्टीको धनकुटा जिल्ला समिति जसपामा समाहित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनमुक्ति पार्टीको धनकुटा जिल्ला समिति जसपामा समाहित

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टीको धनकुटा जिल्ला कार्य समिति जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समाहित भएको छ ।

धनकुटामा शुक्रबार आयोजित एक समारोहका बीच जनमुक्ति पार्टीका धनकुटा जिल्ला अध्यक्ष शन्तवीर लामा नेतृत्वको जिल्ला कार्य समिति नै जसपामा समाहित भएको हो ।

लामासहितका नेता कार्यकर्तालाई जसपामा स्वागत गर्न पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मन्त्री एवम् पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङलगायत नेताहरु धनकुटा पुगेका थिए ।

कार्यक्रमपछि आफ्नो फेसबुक पेजमा नेता चेम्जोङले सो बारे उल्लेख गरेका छन् । धनकुटावासीमाझ नेता चेम्जोङ विकासप्रेमी नेताका रूपमा परिचित छन् ।

जसपामा सिङ्गो जिल्ला समिति नै समाहित भएपछि अध्यक्ष लामाले समान लक्ष्य र उद्देश्य बोकेका राजनीतिक दल र कार्यकर्ताले एउटै मूल प्रवाहमा समाहित हुनुपर्ने प्रतिक्रिया दिए । उनले भने –‘पहिचान पक्षधरहरुको गोलबन्द हुने क्रम धनकुटाबाट सुरु भएको छ ।’

जसपा धनकुटाका अध्यक्ष बलबहादुर राईले जनमुक्तिको जिल्ला समिति समाहित भएको घटनाले पार्टीका नेता कार्यकर्तामा थप उर्जा र उत्साहको सञ्चार भएको प्रतिक्रिया दिए । समाहित नेता कार्यकर्ताहरुलाई पार्टीले उपयुक्त जिम्मेवारी दिएर सम्मान गर्ने उनको भनाइ छ ।

सम्बन्धित खवर