बिकृती बिसङ्गती अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छः डा. भट्टराई - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिकृती बिसङ्गती अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छः डा. भट्टराई

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पुर्ब प्रधानमन्त्री एवं जनता समाजबादी पार्टी नेपालका सङ्घिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बिकृती बिसङ्गती अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्ने वताएका छन् । पाचथर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको शनिबार बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम उक्त कुरा बताका हुन् ।

सङ्घिय परिषद अध्यक्ष डा. भट्टराईले समाज अर्थात हरेक समुदायमा आमुल रुपान्तरण चाहने ब्यक्तिले भिड कता छ भनेर नहेर्ने बताएका छन । मरेका माछा पानीको प्रवाह सङ्गै तल बग्ने तर जिउदा माछा पानीको प्रवाहको बिपरितमा बग्ने सज्ञा दिदै वहाले समाजको आमूल रुपान्तरण चाहने मान्छे भिडको पछि नलाग्ने तर्क दिदै आफ्ना राजनीतिक कदम त्यही दिशामा उन्मुख रहेको बताएका छ्न ।

जनता समाजबादी पार्टी कुम्मायक गाउँ कार्य समितिको आयोजनामा भएको सुज अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले कुनै चिज बाङ्गिए त्यसलाई सोझ्याउन अर्को पट्टी बढी मर्काइदिनु पर्ने बिज्ञानको नियम जस्तै देशको राजनीतिक प्रणाली बाझिएकोले त्यसलाई सिधा पार्न जिउदा मानिसहरूको आबस्यकता भएको बताउदै जनता समाजबादी पार्टीलाई त्यस्को नेतृत्व गर्ने अबसर जुटाउन सबै समुदाय एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । तबमात्र सङ्गिय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्ष समाबेशिता राष्ट्रपति प्रणाली तथा संविधान संसोधन सम्बन्धि पार्टीको मुद्दामा बल पुग्ने नेता भट्टराईको भनाइ थियो ।

पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्व मन्त्री रकम चेम्जोङ जसपा केन्द्रिय सदस्य एवं १ नम्बर प्रदेश सरकार सामाजिक बिकास मन्त्री जयराम यादव केन्द्रिय सल्लाहकार डा, महेन्द्र सुन्दर लावती केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम केन्द्रिय सदस्य सिल्पी बिशेष क्षेत्रका अध्यक्ष दलमर्दन कामी केन्द्रिय समिति सदस्य रोशन पोखरेल यसैगरी महिला नेत्री शर्मिला आङ्देम्बे पार्टीका जिल्ला अध्यक्ष लक्षमण लावती गणेश चेम्जोङ लगायतका केन्द्रिय तथा प्रदेश र जिल्लाका बक्ताहरुले ब्याकुल माइला द्वारा रचित राष्ट्रिय गान अनुसारको मुलुकमा नीति र समान ब्याबहार राज्यले नगरेको र ठुला पार्टी भनाउदा एमाले काङ्ग्रेस र माओवादीमा रहेका नश्लियबादी एकात्मकबादी सोच अनि चिन्तन भएका ब्यक्तिहरुलाई परास्त गर्न जनता समाजबादी पार्टी उभिएको बताएका थिए ।

सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा कुम्मायक गाउपालिका वडा नम्बर १ का निर्बाचित वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले आफ्ना २ सय भन्दा बढी कार्यकर्ताहरु सङ्ग जनता समाजबादी पार्टीमा प्रवेश गरेका थिए भने यासोक क्याम्पस प्रमुख कर्ण लावती पुर्व अध्यापक देबेन्द्र प्रसाद लावती र राप्रपा परित्याग गरि राप्रपा जिल्ला उपाध्यक्ष बिस्वेस्वर बेघा लगायत जसपामा प्रवेश गरेका थिए । उत्पीडित बर्ग जाती र समुदायको हकअधिकार सुनिश्चित गर्ने अबको बैकल्पिक शक्तिसाली पार्टी जसपा मात्र भएकोले यसै पार्टीमा आबद्ध रहेर जनताहरुको लागि थप सेवा पुर्याउने प्रतिबद्धता वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले जहेर गरेका छन ।

उक्त कार्यक्रम इवातेम्बे युबा समुहको साङ्गितिक नृत्य गगन प्रकाश लावतिको गित प्रस्तुति र विभिन्न कलाकारहरु द्वारा केःलाङ साथै नौमती बाजा सहित जसपा कुम्मायक गाउँ कार्य समितिका अध्यक्ष टि ,एन, सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर