कचनकवलमा एकल कविता वाचन - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवलमा एकल कविता वाचन

  • सुक योङहाङ

कचनकवल । झापाको कचनकवलमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार नेपालकै होचे ठाउँ समुद्री सतहदेखि ५८ मि.उचाइँमा रहेको कचनकवलमा कचनलकवल साहित्यिक मञ्चको आयोजनामा र कचनकवल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको संयोजनमा स्रष्टा खगिन्द्रा खुसीका साथ एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यकार तथा समालोचक मुना राज सेर्माको प्रमुख आतिथ्यमा र डिल्ली राज नेपालको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा जिल्लाका विभिन्न स्थानबाट अग्रज साहित्यकारहरु, स्थानीय तहका शिक्षक तथा विद्यार्थी गरेर लगभग २ सय ५० जनाको उपस्थिति रहेको थियो ।

कचनकवल साहित्यिक मञ्चका अध्यक्ष विक्रम पालुङवाको सभाध्यक्षतामा भएको कार्यक्रममा उमेश विरोधीले कार्यक्रम सञ्चालन गरेका थिए भने कचनकवल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतले कचनकवल साहित्यिक मञ्चको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । यस्तै कविको परिचय कृष्ण सुवेदी निराकारले दिएका थिए ।

कार्यक्रममा स्रष्टाहरु विशाल सापकोटा, टंक प्रसाद यादव, रमेश घिमिरे, दिलिप कुुमार गणेश, नारायण पराजुली, निर्मल कटुवाल, गिता कटुवाल, गुणानिधि लुईँटेल, देशु बनेम, तुलसी प्रसाद भट्टराई, चुँडामणी वशिष्ठ, लक्ष्मी अच्युत ढुङ्गाना, चित्रा पौड्याल, गीता सुवेदी नेपाल, टीका भट्टराई नेपाल, सुनिता तामाङ, उर्मिला श्रेष्ठ, गंगा प्रसाद अधिकारी, राजु बुढाथोकी, लीला अनमोल, भवानी क्षेत्री, जीवन जगदीश धिताल, लीला सुवेदी, होम सुवेदी, मणी बर्देवा, टेकनाथ राजवंशी, मोेहन प्रसाद राजवंशी, राजन सुवेदी, विश्वनाथ प्रसाद यादव, धन बहादुर, फाल्गुणी राजवंशी, रेस्मा अधिकारी, कन्चन काफ्ले, बिमला राजबंशी, दीप प्रदीप कुमार, बधु भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर