सरस्वती मावि शिक्षक अभिभावक संघ अध्यक्षमा तुम्बाहाङफे निर्वाचित - Mangsebung News
  • सोमबार, माघ ०३, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरस्वती मावि शिक्षक अभिभावक संघ अध्यक्षमा तुम्बाहाङफे निर्वाचित

माङसेबुङ । श्री सरस्वती माध्यमिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा सुरेन्द्र तुम्बाहाङफे सर्वसहमत निर्वाचित भएका छन् ।

धार्मिक पर्यटकीय क्षेत्र इलामको माङसेबुङ ५ भालुटारमा अवस्थित विद्यालयको व्यवस्थापन समिति, शिक्षक र अभिभावक प्रतिनिधिहरुको शनिबार सम्पन्न भेलाले तुम्बाहाङफेको अध्यक्षतामा ८ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो ।

संघको सदस्यहरुमा जितमान लिम्बू, रेख ब मगर, कमला लिम्बू, राधा लिम्बू, प्रेम राज केरुङ, बिक्रम सिगु र हस्त राई निर्वाचित भएका छन् ।

यसैगरि पदेना सदस्यहरुमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष किसान सुब्बा( खजुम) र बिध्यालयका प्रधानध्यापक हरि आङ्देबे रहेका छन् ।

सम्बन्धित खवर