एमाले पाँचथरको अध्यक्षमा पुनः भण्डारी निर्वाचित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एमाले पाँचथरको अध्यक्षमा पुनः भण्डारी निर्वाचित

पाँचथर । नेकपा (एमाले) पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी पुनः निर्वाचित भएका छन् ।

आइतबार फिदिममा भएको आठौं जिल्ला अधिवेशनबाट भण्डारीको नेतृत्वमा ५ सदस्यीय पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णुप्रसाद सापकोटा तथा उपसचिवहरुमा पृथ्वी लावती र नरबहादुर गुरुईलाइ निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत नवराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार ८५ जना जिल्ला सदस्यको नाम अध्यक्ष मण्डलका तर्फबाट केद्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार नेम्वाङले हलमा प्रस्ताव गरेका थिए ।

प्रस्तावित सदस्यहरुको मनोनयन दर्ता गराएर निर्विरोध गराउने प्रयास भइरहेको बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले जनाएका छन् ।

सम्बन्धित खवर