बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल तथा स्कुटलको बिक्री गर्ने उदघाटन - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल तथा स्कुटलको बिक्री गर्ने उदघाटन

बिर्तामोड । झापाको बिर्तामोडमा जोङसेन ब्रान्डका मोटरसाइकल तथा स्कुटलको बिक्री केन्द्र सेवारो मोटर्स संचालनमा आएको छ ।

मंगलबार एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उद्घाटन गरेका छन् ।

अटो मोईल्स व्यवसायमा उदाएका दुई युवा सुरेश आङवो र अर्जुन गिरीले एक करोड लगानीमा संचालनमा ल्याएको सेवारो मोटर्सले विर्तामोडमा नव पुष्तालाई लक्षित गरेर मोटर साईकल, स्कुटर भित्रियाएको छ । मोटरसाईकल इन्जिन उत्पादनको क्षेत्रमा चाईनामा अग्रस्थानमा रहेको जोङसेन कम्पनीले उत्पादन गरेको करिव एक दर्जन उत्पादन मध्ये हाल तिनवटा मोडलका दुई पाङग्रे सवारी बिक्री सुरु गरिएको संचालक आङवोले बताए ।

आउदो नयाँ बर्षमा मोटेरसाईकल र स्कुटर गरेर अरु आठ वटा मोडल ल्याउने उनले बताए । सो रुम विर्तामोडको भद्रपुर रोड अन्नपूर्ण चोकमा रहेको छ ।

हाल आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी ६ स्कुटर बिर्तामोडमा उपलब्ध रहेको जोङसेन कम्पनीको नेपालका लागि आधिकारिक वितरक रिजोन मोटर्स बिजनेश प्रा.लि.का म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए ।

बस्नेतले नेपालमा पहिलो पटक ७ वर्ष सम्मको इन्जिन वारेन्टी दिने कम्पनी जोङसेन भएको उनले दावी गरेका छन् ।
‘विश्व बजारलाई कब्जा गर्दै अघि बढेको चाइनिज कम्पनी हो’ ७ वर्षको इन्जिन वारेन्टी दिएको छ । पाट्स बिग्रिए तुरुन्त उपलब्ध गराउने छौं ।’

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिर्तामोडमा पहिलो पटक जोङसेनको स्कुटर खरिद गर्ने दिपेन गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गोपाल एक्तेनले सहजीकरण गरेको कार्यक्रममा, संचालन राज सुब्बाले गरेका थिए ।

सम्बन्धित खवर