लिम्बू चलचित्र ‘थेत्लङ’ को दमकमा विशेष प्रदर्शन गरियो - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू चलचित्र ‘थेत्लङ’ को दमकमा विशेष प्रदर्शन गरियो

  • आन्छुमे नसान

दमक । झापाको दमकमा आज (शुक्रबार) लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी गरिएको छ । दमकमा अवस्थित गोर्खा डिपार्टमेन्टको हलमा आज (शुक्रबार) लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी गरिएको हो ।

मनिकुमार सुव्वा र बी. राज लिम्बूको निर्माणमा निर्माण गरिएको चलचित्रमा सागर केरुङको पटकथा तथा सम्बाद र किशोर सुव्वाको निर्देशन रहेको रहेको छ ।

हजारौं दर्शकहरुमाझ प्रदर्शन गरिएको चलचित्र थेत्लङको बारेमा लिम्बू भाषबाटै कलाकार तथा पटकथा एवम् सम्बाद लेखक सागर केरुङले प्रष्ट्याएका थिए । चलचित्रका निर्माता मनि ताम्लिङको समेत उपस्थिति रहेको प्रदर्शन कार्यक्रममा चलचित्र हेरिसकेपछि उपस्थित दर्शकहरुको आँखा रसाएको थियो भने उत्कृष्ट चलचित्र बनेको भनेर प्रशंसा समेत गरेका थिए ।

सिक्किमेली साहित्यकार देउमान लिम्बू (हिन्दोक) को उपन्यास ‘थेत्लङ’ लाई पर्दामा उतारिएको चलचित्रमा बिशाल सेनेहाङ लिम्बू र दिव्या लिम्बूको मुख्य अभिनय रहेको छ ।

हेमन तामाङको छायाँकन, सम्पादन तथा ड्रोन छायाँकन रहेको चलचित्रमा देउमान लिम्बू, सागर केरुङ, दिलसिं मेन्याङबो र यादन सेर्माको गीत, कुल्बा सुव्वा, राजु आङदेम्बे, पविन आङदेम्बे र मनि ताम्लिङको संगीत रहेको छ ।

याक्थुङ मुन्चईत चोक सयङको संयोजनमा लिम्बू बिध्यार्थी मञ्च झापा, याक्थुङ युवा मञ्च झापा, किरात याक्थुङ चुम्लुङ झापा र किरारत याक्थुङ चुम्लुङ दमक नगर झापाको समेत आयोजनामा चलचित्र ‘थेत्लङ’ को बिशेष पदर्शनी गरिएको याक्थुङ मुन्चईत चोक सयङका महासचिव समेत रहेका थेत्लङ बिशेष प्रदर्शन समितिका संयोजक बिक्रम फागो वनेमले बताए ।

 

सम्बन्धित खवर