झापाको कचनकवलमा किरात संग्राहलयको भवन शिलान्यास - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको कचनकवलमा किरात संग्राहलयको भवन शिलान्यास

  • सुक योङहाङ

कचनकवल । झापाको कचनकवल – ७, बालुबाडीमा किरात संग्राहलयको भवन शिलान्यास गरिएको छ ।

सोमबार किरात संग्राहलय निर्माण समितिका अध्यक्ष भिम इधिङगोको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जारा आलमले उक्त भवनको शिलन्यास गरेको हो ।

भवन निर्माणका लागि कचनकवल गाउँपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अन्जारा आलमले यस क्षेत्रमा किरात संग्राहलयको निर्माण हुनु ऐतिहासिक कार्यको थालनी भएको भन्दै शुभकामना दिएका छन् ।

अध्यक्ष आलमले किरात संग्राहलय निर्माण कार्य सिघ्र सम्पन्न गर्नका निमित्त प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

कार्यक्रममा कचनकवल वडा नं. ७ का अध्यक्ष भरत राजवंशी, वडा नं. ७ का सदस्य लक्ष्मी सुव्वा, समाजसेवी शुकराज इधिङ्गो (किरण), प्राविधिकहरु साजन राई, चिरायु श्रेष्ठ, शिक्षक अमर कुमार राई साथै स्थानीयहरुको भव्य उपस्थिति रहको थियो ।

कार्यक्रमको सञ्चालन किरात संग्राहलय निर्माण समितिका सचिव हेमकुमार योङहाङले गरेका थिए ।

 

सम्बन्धित खवर