दृष्टिबिहीनहरुले सञ्चालनमा ल्याए चप्पल उद्योग - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दृष्टिबिहीनहरुले सञ्चालनमा ल्याए चप्पल उद्योग

दमक । झापाको दमकमा रहेका दृष्टिविहीनहरु स्वावलम्बी बन्न थालेका छन् । उनीहरुले दमक नगरपालिकाको ३ लाख रुपयाँ सहयोगमा चप्पल बनाउने मेशिन खरिद गरी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् ।

बिहिबार एक औपचारिक कार्यक्रम गर्दै दृष्टिविहीनहरुले चप्पल कारखानाको उद्घाटन गरेका छन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले चप्पल उद्योगको उद्घाटन गर्दै दृष्टि विहीनहरुले समेत उद्योग गर्न थाल्नु सपाङ्गहरुका लागि समेत उदाहरण भएको बताएका छन् ।

झापा नेत्रहिन संघको आयोजनामा शुरु गरिएको चप्पल उद्योगले शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई समेत टेवा पुग्ने संघकी अध्यक्ष यसोदा बरालले बताइन् । रोशन थापाको अगुवाईमा शुरु गरिएको चप्पल उद्योगले अपाङगहरु पनि सपाङ्ग जतिकै काम गर्न सक्छन् भन्ने उदाहरण दिन काम थालेको उनीरुले बताएका छन् ।

कार्याक्रममा साना घरेलु उद्योग झापाका प्रमुख जयनारायण अधिकारी, अपाङसंघ दमकमा सचिव मदन वोहोरा लगायतले दृष्टिबिहीनले थालेको कार्यको उच्च प्रशंसा गर्दै बजारीकरणमा सबैले सहयोग गर्नु पर्ने बताएका छन् ।

 

सम्बन्धित खवर