नेपाल एयरलाइन्सले इलामको सुकिलुम्बा बिमानस्थलमा बुधबार परीक्षण उडान गर्ने - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल एयरलाइन्सले इलामको सुकिलुम्बा बिमानस्थलमा बुधबार परीक्षण उडान गर्ने

इलाम । इलाम नगरपालिका–९ स्थित नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान गरिने भएको छ ।

आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको विमानस्थलमा मौसम अनुकूल भए बुधबार नेपाल एयरलाइन्सले परीक्षण उडान गर्न लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले मौसमले साथ दिए बुधबार विमानस्थल परीक्षण गरिने बताए । यसअघि विमानस्थल कच्ची नै रहेका बेला २०७५ जेठ २१ मा परीक्षण उडान गरिएको थियो । काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो ।

कालोपत्रे भएपछि चाहिँ विमानस्थलमा पहिलो पटक विमान आउन लागेको हो । ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने उनले जानकारी दिए ।

यो विमानस्थल आउँदो फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने भएका छन् । खनाल विमानस्थल उद्घाटनका लागि इलाम आउने तय भएपनि समय यकिन हुन बाँकी रहेको खनालको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित खवर