कुम्मायकमा तातो बाफ निस्किरहने दुलो भेटियो - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायकमा तातो बाफ निस्किरहने दुलो भेटियो

  • पदम सुखी सम्बाहाम्फे

पाँचथर । पाँचथर जिल्ला स्थित कुम्मायक गाउपालिकाको वडा न, ५ अन्तगरत टंक पौडेलको जग्गामा रहेको एउटा दुलो बाट तातो हावा निस्किरहने एउटा दुलो भेटिएको छ । उक्त स्थानको दुलो बाट मन्द गतिमा ताततातो हावा निस्किएको ९ बर्ष भएको स्थानीय किरण पौडेलले बताएका छन ।

बन्यजन्तु सालकले उदिनेको दुलो झै देखिने सोही दुलोको मुखमा पानीको बाफ जस्तै रहेको छ । किन र कसरी यो स्थानमा यस्तो हुन गयो भन्दै जग्गा धनी तथा स्थानीयले आश्चर्य मानिरहेको छन ।

मदन आश्रृत चौतारी बाट करिब २ सय फिट तलको पश्चिम तर्फमा रहेको यो स्थानलाई सम्बन्धित निकाय बाट भुगर्भ बिद झिकाइ आवस्यक जाच गरि सम्भावित बस्तुको खानी छ कि भन्ने पौडेलको भनाई छ ।

 

सम्बन्धित खवर