यासोक बजारको एक घरमा आगलागी हुदा करोडौं क्षति - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यासोक बजारको एक घरमा आगलागी हुदा करोडौं क्षति

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पान्थर जिल्ला कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारमा रहेको झरेन्द्र खतिवडाको घरमा आगलागी भएको छ ।

शनिबार बेलुकी ७ः४५ बजे जुत्ता चप्पल पसल बाट एक्कासि आगो उठेको प्रत्यक्षदर्शीहरुको भनाइ रहेको छ ।

पाँचवटा पसल समेत रहेको उक्त घरमा आगलागी हुदा एक करोड दुई लाख बीस हजार रुपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यलय पाचथरले जनाएको छ ।

विद्युत सट भइ उक्त घरमा आगलागी भएपछि स्थानीय ब्यक्तिहरु तथा प्रहरी प्रशासन र सदरमुकाम फिदिम बाट आएको बारुण यन्त्रद्वारा आगो पुर्णरुपमा नियन्त्रण गरिएको थियो ।

उक्त घटनाबाट मानबिय क्षती नभएको तर आसपासमा रहेका घरहरुलाई समेत आम्सिक क्षती पुगेको जनाइएको छ ।

 

सम्बन्धित खवर