उद्योग बाणिज्य संघ यासोकद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उद्योग बाणिज्य संघ यासोकद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पान्थरको कुम्मायक गाउँपालिकाको यासोक बजारका अग्नी पीडितलाई उद्योग बाणिज्य संघ शाखा यासोकले आर्थिक सहयोग गरेको छ ।

शनिवार साँझ भएको आगलागी कारण घर सहित पाँच वटा पसल जलेर नष्ट भएको थियो । स्थानीय झरेन्द्र खतिवडाको घर सहित पाँच वटा पसल जलेर नष्ट भएपछि उद्योग बाणिज्य संघ शाखा यासोकले १ लाख ४९ हजार १ सय रुपैयाा संकलन गरी पीडित परिवारलाई हस्तान्त्रण गरेको हो ।

संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पीडित पााच व्यवसायीलाई आर्थिक सहयोग गरेको हो । आगलागीबाट सबै भन्दा बढि क्षति झरेन्द्र खतिवडाको भएको थियो ।

उनको तीन तले घर सहित इलोट्रोनिक पसल जलेर नष्ट भएको थियो । खतिवडालाई संघका संस्थापक अध्यक्ष गोपाल प्रसाद पोख्रेलले ८९ हजार १ सय रुपैयाा हस्तान्त्रण गरेका थिए ।

यस्तै अर्का व्यवसायी याम रम्तेल र टेक बहादुर नेपाली (बिचारी) लाई २० हजारको दरले रकम हस्तान्त्रण गरिएको थियो । त्यस्तै मिलन गर्तौला र सर्मिला लावतीलाई १२ हजार ५ सयका दरले कुल १ लाख ४९ हजार १ सय रुपैयाा हस्तान्त्रण गरेको संघका महासचिव महेन्द्र खड्काले जानकारी दिए ।

शनिवार साँझ जुत्ता पसलको कोठाबाट विद्युत सट भई भएको आगलागीबाट पाँच व्यवसायीको करोडौं रुपैयााको क्षति भएको थियो । आगलागीबाट सर्बस्व गुमाएका व्यवसायी झरेन्द्र खतिवडाले आफ्नो परिवारको सर्बस्व गुमेको स्मरण गर्दै सबैको सहयोगले आत्मबल बढेको बताए । उद्योग बाणिज्य संघ शाखा यासोकले राहत संकलन अभियानलाई निरन्तरता दिने संघका नि.वर्तमान अध्यक्ष नरेन्द्र बोहोराले बताए ।

सम्बन्धित खवर