कुनै बाधा अड्चन नआए समयमै आयोजनाको काम सकिने - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुनै बाधा अड्चन नआए समयमै आयोजनाको काम सकिने

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्बर ५ स्याबरुम्बा स्थित पिपलबोटेमा निर्माणाधीन रहेको बिधालयको पक्की भवन निर्माणकार्य तिब्र गतिमा अघि बढेको छ ।

महेन्द्रोदय माध्यमिक बिधालयको दूइतले भवन निर्माणकार्यमा कुनै बाधा अडचन नआए तोकिएको सम्झौता मितिमा आयोजनाको काम सम्पन्न हुने निर्माण कम्पनीको भनाइ छ । ७५ प्रतिशत प्रदेश सरकार र २५ प्रतिशत स्थानीय सरकारको समपुरक साझेदारीमा बन्न लागेको उक्त भवनको टोटल लम्बाई २४ × ७० ÷ ९.३५ रहेको छ । भ्याट सहित ६३ लाख ९४ हजार १ सय ९१ रुपैयाँ को लागतमा थ्री लक्षमि कन्ट्रकशन कम्पनीले निर्माणकार्यको ठेक्का पाएको हो ।

उक्त ८ कोठे भवन निर्माण योजनाको काम राम्रो हुदाहुदै स्थलगत अनुगमनको क्रममा गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ सहितको प्राविधिक टोलि र ठेक्केदार सँग विवाद भएको थियो । तोकिएको साइट समेत परिवर्तन गरिएको र कामदार तथा निर्माण ब्यबसायिलाइ अनावश्यक दुख दिएर हैरानी बनाएको निर्माण व्यावसायि ठेक्केदार र कामदार चन्द्र चेम्जोङ्को भनाइ छ । गाउँपालिकाको रकम बाट पहिला निर्माण भएको बिधालयको भवन जिर्ण नभइ जबर्जस्त भत्काएर रकमको दुरुपयोग भएको पनि केही सरोकारवालाहरुको भनाइ छ ।

शनिबार पुनः भएको अनुगमनमा निर्माणाधीन सो भवन बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज घिमिरे र गाउँपालिकाको प्राबिधिक शाखाका रोसन देवले ठेक्केदार कम्पनी द्वारा गरिएको काम गुणस्तरयुक्त भएको बताएका छन । घिमिरेका अनुसार कामदारहरुलाई अब काम गर्न अबरोध नहुने बताएका छन । काम गर्ने क्रममा कामदार लाई अबरोध गरेर अपशब्द बोले त्यसबाट उत्पन्न हुने समस्याको जिम्मा नलिने निर्माण व्यावसायिको भनाइ रहेको छ ।

सम्बन्धित खवर