फाल्गुनन्द ६ नम्बर वडाद्वारा ६ सय २ घरधुरीलाई ड्रम र बाल्टी बितरण - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्द ६ नम्बर वडाद्वारा ६ सय २ घरधुरीलाई ड्रम र बाल्टी बितरण

  • पदम सुखी सम्बाहाम्फे

यासोक । पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ नम्बर वडा कार्यालयले ड्रम र बाल्टी बितरण गरेको छ । सोमवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाबासीलाई ड्रम, बाल्टी र सावुन बितरण गरेको हो ।

वडाका ५१ दलित घरधुरीलाई जनही पाँच सय लिटरको ड्रम र साबुन बितरण गरेको छ । त्यस्तै अन्य ५ सय ५० घरधुरीलाई धारो सहितको बाल्टी र साबुन बितरण गरिएको वडा सचिव जय बहादुर तामाङले जानकारी दिए ।

वडाको चालु आर्थिक वर्ष २०७८/०७९ को ६ लाख बजेटबाट ड्रम, बाल्टी र साबुन खरिद गरी ६ सय २ घरधुरीलाई बितरण गरेको वडा अध्यक्ष नारायण प्रसाद आङ्देम्बेले बताए । उनले खानेपानीको जोहो गर्न र कोरोना भाइरसबाट बच्न नियमित साबुन पानीले हात धुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रम, साबुन र बाल्टी बितरण गरेको बताए ।

 

सम्बन्धित खवर