माङसेबुङ ३ को सेवाकेन्द्र दुई स्थानमा - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ३ को सेवाकेन्द्र दुई स्थानमा

माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को सेवाकेन्द्र दूई स्थानमा रहने भएको छ ।

माङसेबुङ ३ का वडाध्यक्ष लक्ष्यमण राई (जनम खम्बु)ले वडाकोे सेवाकेन्द्र टुंगो नलागेसम्म तल्लो क्षेत्रको लागि माथिल्लो भञ्ज्याङतिर हल व्यावस्थापनको लागि निर्देशन दिईसकेको बताएका छन् ।

अध्यक्ष खम्बूले हप्ताको दुईदिन तल्लो क्षेत्रको लागि माथिल्लो भञ्ज्याङमा वडाको सम्पुर्ण कामगर्ने गरिको कार्यालयमा आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल, दराजलगायत सामाग्रीको व्यावस्थापन भइसकेको र माथिल्लो क्षेत्रको लागि चतुरेको अस्थाई वडा कार्यालयमै सेवादिने बताएका हुन ।

खम्बूले पदभार लिएसंगै जनतासंग लिएको बाचा पुरा गर्ने बताएका छन् । उनले भोट माग्दा जनतासंग जे बाचा गरेको छु त्यो पुरा गरिनभने जनताको पाप लाग्नेकुरा बताए ।

आफ्नो कार्यकालको अन्त्यतिर वडा बिभाजनसंगै वडा कार्यालयको भवन निर्माण गर्ने, माङसेबुङ ३ का कृषकहरुलाई प्रोत्साहन उत्प्रेरणा पुरस्कार, युवा खेलकुद, संचारलगायतका कार्यलाई पहिलो प्राथमिकता रहने, वडामा भएको बेतिथीलाई अन्त्य गर्दै, भ्रष्टचाररहित वडाको रुपमा विकासगर्ने वडाध्यक्ष खम्बूको भनाई थियो ।

खम्बु कांग्रेस, जसपा, माओबादी र जनमुक्तिको गठबन्धनमा ३ नम्बर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्बन्धित खवर