उपाध्यक्ष नेम्बाङद्वारा माङ्सेबुङ ५ र ३ को खानेपानी मुहान अनुगमन - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपाध्यक्ष नेम्बाङद्वारा माङ्सेबुङ ५ र ३ को खानेपानी मुहान अनुगमन

माङसेबुङ । माङ्सेबुङ गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष बिनोद कुमार नेम्बाङले वडाध्यक्ष र कार्यपालिका सदस्य सहित माङ्सेबुङ ५ र ३ को खानेपानीको मुहान अनुगमन गरेका छन् ।

उपाध्यक्ष नेम्बाङ सहित माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष लक्षुमन राई ( जनम) वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र कुमार राई, कार्यपालिका सदस्य सुसन राई र खानेपानी उपभोक्ता समिती अध्यक्ष केन्द्रबहादुर राई लगायतले सोमबार खानेपानी मुहानमा पुगेर अनुगमन गरेका हुन् ।

माङ्सेबुङ वडा ५ र ३ का स्थानीयले भोगिरहेको खानेपानीको समस्यालाई नजिकबाट नियाली रहेका नेम्बाङ र खम्बुले निर्वाचित भएपछि जेठ १५ गते आइतबार गुरुनिजी आश्रममा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा वडा ५ र ३ का जनतालाई स्वच्छ पानी खुवाउने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा माङ्सेबुङका ५ र ३ का जनताले आफूलाई विश्वास गरी विजयी बनाएपछि उनले खानेपानी समस्या तत्काल पूरा गर्ने बताएका थिए ।

सम्बन्धित खवर