माङसेबुङमा स्काउट अभिमुखिकरण तथा पोशाक वितरण - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा स्काउट अभिमुखिकरण तथा पोशाक वितरण

माङसेबुङ । इलामको माङसेबुङमा स्काउट नेपाल माङसेबुङ तदर्थ समितिले स्काउट अभिमुखिकरण तथा पोशाक वितरण गरेको छ ।

मंगलबार चिसोपानी माध्यमिक विद्यालयमा स्काउट नेपाल माङसेबुङले स्काउटका विद्यार्थीहरुलाई अभिमुखिकरणसँगै पोशाक वितरण गरेको हो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, अतिथिहरु माङसेबुङ वडा नम्बर ६ का वडाध्यक्ष प्रदिप साङपाङ, स्काउट नेपाल प्रदेश १ अधिकृत नवराज घिमिरे र माङसेबुङ गाउँ कार्यपालिका सदस्य सुसन राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम स्काउट नेपाल माङसेबुङका संयोजक सुदिप राईकोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर