दमकममा याक्थुङ् जातिको सर्वेक्षणात्मक अध्ययनवारे समुदाय स्तरिय छलफल - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकममा याक्थुङ् जातिको सर्वेक्षणात्मक अध्ययनवारे समुदाय स्तरिय छलफल

दमक । किरात सभ्यताः लिम्बू÷याक्थुङ् आदिवासी जातिको सर्वेक्षणात्मक अध्ययन वारे समुदाय स्तरिय छलफल तथा मौलिक केलाङ छायाँकन सम्पन्न भएको छ ।

बुधबार झापाको दमक ७ स्थित किरात भवनको हलमा कियाचु संघीय कार्य समितिको आयोजना तथा कियाचु जिल्ला शाखा झापा र दमक नगर समितिको व्यवस्थापनमा किरात लिम्बू÷याक्थुङ् आदिवासी जातिको सभ्यतासँग जोडिएका सामुदायिक पक्ष, धार्मिक र सांस्कृतिक पक्ष, पुरातात्विक र ऐतिहासिक महत्वका विषयमा घनिभूत छलफल भएको थियो ।

त्यसमा विेशेष त पुरातात्विक महत्वका विषय समाधिस्थल, धार्मिक र सांस्कृतिक विषय जोडिएको लोक संस्कृति केलाङको वारेमा विशेष महत्वका साथ छलफल गरिएको थियो । लिम्बू÷याक्थुङको समाधिस्थलको वारेमा मरनपछि लाश गाड्ने प्रारम्भ भएदेखि लिएर अन्त्येष्टि गर्दा सम्मको महत्वका विषयमा जानकारहरुले प्रष्ट्याएका थिए ।

यसरी सम्पन्न कार्यक्रमको प्रारम्भमा कार्यक्रमको अध्यक्षताको आसनबाट कियाचु संघीय उपाध्यक्ष तुत्तु गोविन्द आङ्बुङ्ले किरात लिम्बू÷याक्थुङ् आदिवासी जातिको सर्वेक्षणात्मक अध्ययन गर्नुपर्ने वारे पुष्टी गर्दै छलफलका एजेण्डाहरु प्रस्तुत गरेका थिए ।

झापा जिल्लामा नाचिने काइदाको केलाङ् छायाँकन गर्न किरात याक्थुङ् चुम्लुङ् संघीय अध्यक्ष प्रेम येक्तेनको टिम झापा आएर सो कार्य सम्पन्न गरेको होे ।

छायाँकन कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष येक्तेनले केलाङको महत्व दर्शाउनु हुँदै लिम्बूको पहिचान बोकेको लोक नृत्य जीवन्त गराइ राख्नु पर्ने कुरामा जोड दिए ।

उनले कार्यक्रमको प्रारम्भ गर्नुहुँदै केलाङको डकुमेन्ट्री निर्माण गरी कुनै पनि मिडियामा प्रसारण गर्ने तयारी समेत चुम्लुङ्ले गरेको कुरा बताए ।

कियाचु संघीय उपाध्यक्ष तथा लिम्बू सांस्कृति परिषद्का संघीय अध्यक्ष गोविन्द आङ्बुङ्ले केलाङको वारेमा लिम्बुवानको ९ जिल्लाका लिम्बू याक्थुङ् जातिको थलोमा नाचिने नचाइका प्रकारहरु यसपालिको यात्रामा निकै नै सङ्कलन गरेको बताए ।

उनले यसरी विविधताले भरिएको केलाङ काइदाहरुलाई एकै ठाउँमा जम्मा गरियो भने केलाङ् विविधताको सुन्दर सौन्दर्यता रहन गई केलाङको महत्व बढ्दै जाने कुरामा जोड दिनु भएको थियो ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाका अध्यक्ष सेसेहाङ् फियाकको स्वागत मन्तव्यबाट प्रारम्भ भएको छलफलमा कियाचु संघीय सचिव यासेली योङ्हाङ्, संघीय सचिव भुवानी विक्रम सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ् सदस्य तथा लिम्बू सांस्कृतिक परिषद् संघीय उपाध्यक्ष फिल्मी निर्देशक सागर केरुङ्, कियाचु संघीय सदस्य तथा कमल गाउँ कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, पूर्व केन्द्रीय सदस्य विष्णुमाया चेम्जोङ्, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, झापा जिल्ला सल्लाहकार तथा कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, कियाचु लिम्बुवान प्रदेश सदस्यद्वय कविन्द्र सेर्मा, मनु पङ्धाक, जिल्ला सल्लाहकार बिष्णु सुब्बा, जिल्ला सल्लाहकार देवेन्द्र इङ्नाम, जिल्ला सदस्य तथा पूर्व राष्ट्रिय चुम्लुङ् सदस्य शिवकुमार मेन्याङ्वो, जिल्ला सदस्यहरु लक्ष्मी योङ्हाङ, तारा लिम्बू, शर्मिला आङ्देम्बे, पूर्व जिल्ला सदस्य लालबहादुर नेयोङ्हाङ, दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङ्, याक्थुङ् साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी सेनाल्बो, कियाचु संरक्षक सदस्य तथा कवि जितेन पङ्धाक, नगर सल्लाहकार मोहन माङ्थेबे, शिवसताक्षी नगर वडा न. ३ का वडा सचिव मच्छिन्द्र लिम्बू, गौरादह नगर सदस्य बुद्धिमान पङ्धाक, कमल– ३ का वडा अध्यक्ष दिवस लिम्बू, वडा न. ५ का वडा अध्यक्ष बबिन आङ्देम्बे, संचारकर्मी मुसाहाङ अम्याङ्सा लगायतको उपस्थिति रहेको थियो ।

साथै दिउँसो याक्थुङ जातिको मौलिक केलाङ छायाँकन कार्यक्रम २०७९ संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय सिंहदरबार काठमाडौंको आर्थिक सहयोगमा कियाचु संघीय कार्य समिति लिम्बू संस्कृति परिषद संघीय समितिको समन्वयमा सम्पन्न भएको हो ।

छलफल कार्यक्रम कियाचु दमक नगर सह–सचिव चन्द्र कन्दङ्वाले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर