दमकमा मावोहाङ् चेम्जोङ् वंश उत्थान संघको १२औं केन्द्रीय परिषद् भेला - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा मावोहाङ् चेम्जोङ् वंश उत्थान संघको १२औं केन्द्रीय परिषद् भेला

  • मुसाहाङ अम्याङसा

दमक । मावोहाङ् चेम्जोङ् वंशको साझा संस्था थाक्थाकुम् मावोहाङ् चेम्जोङ् वंश उत्थान संघको १२औं केन्द्रीय परिषद् भेला सम्पन्न भएको छ ।

झापाको दमकमा अवस्थित किरात भवनमा शनिवार पूर्व रा.प.सं, लेखक तथा इतिहासकार शेरबहादुर इङ्नाम पापोको प्रमुख आतिथ्यतामा सम्पन्न संघको १२औं केन्द्रीय परिषद भेलामा स्थानीय तहको निर्वाचन–२०७९ मा चेम्जोङ् वंशका १९ जना नवनिर्वाचित जनप्रतिनिधीहरुलाई विशेष सम्मान गरेको थियो ।

जसमा १ जना गाउँपालिका अध्यक्ष, ६ जना वडा अध्यक्ष र १२ जना वडा सदस्यहरु रहेका छन् । भेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्व रा.प.सं, लेखक, इतिहासकार, सामाजिक तथा राजैनैतिक व्यक्तित्व शेरबहादुर इङ्नामले स्थानीय तहमा निर्वाचित चेम्जोङ् वंशका जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको थियो ।

वहाँले चेम्जोङ् वंशका अग्रणी व्यक्तित्व साहित्यकार तथा इतिहासकार स्व. इमानसिङ् चेम्जोङ जीवनी चर्चा गर्नुहुँदै सुभा, सुभाङ्गी लिम्बुवानको रीति थितिको वारेमा विशेष चर्चा गर्नुभएको थियो । राजनैतिक सिद्धान्त दलीय शासन व्यवस्थाको सन्दर्भ जुनसुकै पक्षमा वा दलमा लागेर हिँडेता पनि वंशलाई विर्सनु नहुने कुरा जोड दिनुहुँदै स्व. इमानसिङ चेम्जोङ विरासद थामी ल्याउन इङनामले चेम्जोङ् वंशलाई आग्रह गर्नुभयो ।

भेलामा सम्मान ग्रहण गर्नुहुँदै चौविसे राजारानी निवासी Shree Adya Katyayani Shaktipeeth Audtorium बाट समाज शास्त्रमा PHD गर्नुभएका डा. शुक्रबहादुर चेम्जोङ्ले शुभकामना मन्तव्य राख्नुहुँदै चेम्जोङ् वंशरहरुले स्व. इमानसिं चेम्जोङको हरेक कामहरुलाई जिवन्त राख्नको निमित्त भाषा, साहित्य र लिपिको प्रयोग समाजमा बढाउँदै लानु पर्ने कुरामा विशेष जोड दिनुभयो । उहाँले चेम्जोङको अस्तित्व र पहिचानको मुद्धामा भाषण गरे मात्र हुँदैन व्यवहारमा लागु गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले शुभकामना मन्तव्य दिनुहुँदै चेम्जोङ् वंशका निर्वाचित जनप्रतिनिधिहरुलाई स्व. इमानसिं चेम्जोङको विरासद् थाम्नको लागि भएपनि स्थानीय तवरबाट लिम्बू÷याक्थुङ् जातिहरुको मूलतः भाषा साहित्य र समाधिस्थलको सन्दर्भको एजेण्डालाई विशेष सम्वोधन गर्न आग्रह गर्नुभयो ।

धनकुटा चौविसे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार चेम्जोङ्ले वंशको सम्मान ग्रहण गर्नुहुँदै सम्पूर्ण चेम्जोङ् वंशलाई धन्यवाद व्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा उहाँले आफ्नो वंशको आशिर्वादले चेम्जोङ् कुलको शीर निहुरिने काम नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले चेम्जोङ्हरु जुनसुकै सिद्धान्तमा आधिरित दलबाट प्रतिनिधित्व गर्दै स्थानीय तहको चुनावमा निर्वाचित भएर आएता पनि जनताप्रति उत्तरदायी भएर काम गर्न आफू उत्साहित भएको र अरुलाई पनि त्यहि सोचले काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रायाली भवन दमकका अध्यक्ष धिरेन लाओती, लाओती सयङ् केन्द्रीय सचिव सुरेश लाओती, सम्बाहाङ्फे सयङ् धिरेन्द्र सम्बाहाङ्फे, चुम्लुङ् राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, मुसाहाङ् समाज केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ्, जनप्रतिनिधि वडाअयक्षहरु धनकुटा चौविसे गा.पा वडा न.६ का वडाअध्यक्ष आशिष चेम्जोङ्, चौविसे वडा न. ७ का वडाअध्यक्ष रुद्रप्रसाद चेम्जोङ्, झापा शिवसताक्षी नगरपालिका वडा न. १ का वडा अध्यक्ष लक्ष्मी चेम्जोङ्, झापा शिवसताक्षी नगरपालिका वडा न. ७ का वडा अध्यक्ष भुवानीविक्रम चेम्जोङ्, झापा बुद्धशान्ति गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ्, धनकु टा चौविसे गा पा वडा न. ७ का वडा सदस्य हर्क चेम्जोङ्, झापा गौरादह नगरपालिका वडा न. ५ का वडा सदस्य गोमा राई चेम्जोङ् लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

थाक्थाकुम मावोहाङ् चेम्जोङ् वंश उत्थान संघका केन्द्रीय अध्यक्ष टेकरत्न चेम्जोङको अध्यक्षतामा परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको थियो । स्वागत मन्तव्य संघका केन्द्रीय उपाध्यक्ष गंगा चेम्जोङ्ले राखेका थिए भने संचालन केन्द्रीय सचिव गुरु चेम्जोङ्ले गरेका थिए ।

परिषद् भेलामा सम्मानित व्यक्तित्व एवम् जनप्रतिनिधीहरु 
१. डा. शुक्रबहादुर चेम्जोङ् Shree Adya Katyayani Shaktipeeth Audtorium बाट समाजशास्त्रमा PHD
२. अध्यक्ष : राजकुमार चेम्जोङ् चौविसे गाउँपालिका, धनकुटा
३. वडा अध्यक्ष : आशिष चेम्जोङ चौविसे गा.पा. वडा न. ६, धनकुटा
४. वडा अध्यक्ष : रुद्रप्रसाद चेम्जोङ् चौविसे गा.पा. वडा न. ७, धनकुटा
५.वडा अध्यक्ष : लक्ष्मी चेम्जोङ् शिवसताक्षी नगरपालिका वडा न. १, झापा
६. वडा अध्यक्ष : भुवानीविक्रम चेम्जोङ् शिवसताक्षी नगरपालिका वडा न. ७, झापा
७. वडा अध्यक्ष : पर्शुराम चेम्जोङ् बुद्धशान्ति गाउँपालिका वडा न. ३, झापा
८. वडा अध्यक्ष : विष्णुमाुमार चेम्जोङ् फाल्गुनन्द गाउापालिकावडा न. ५, पान्थर
९. वडा सदस्य : छलमाया राई चेम्जोङु चौविसे गा.पा. वडा न. ६, धनकुटा
१०. वडा सदस्य : यज्ञकुमारी इवा चेम्जोङ् चौविसे गा.पा. वडा न. ७, धनकुटा
११. वडा सदस्य : हर्कमान चेम्जोङ् चौविसे गा.पा. वडा न. ७, धनकुटा
१२. वडा सदस्य : विजय चेम्जोङ् चौविसे गा.पा. वडा न. ७, धनकुटा
१३. वडा सदस्य : पूर्णजङ् चेम्जोङ् शिवसताक्षी नगरपालिका वडा न. १, झापा
१४. वडा सदस्य : गोमा राई चेम्जोङ् गौरादह नगरपालिका वडा न. ५, झापा
१५. वडा सदस्य : घनेन्द्र चेम्जोङ् फाल्गुनन्द गाउँपालिका वडा न. ५, पान्थर
१६. वडा सदस्य : गंगा थेबे चेम्जोङ् फाल्गुनन्द गाउँपालिका वडा न. ५, पान्थर
१७. वडा सदस्य : अर्जुन चेम्जोङ् फाल्गुनन्द गाउँपालिका वडा न. ५, पान्थर
१८. वडा सदस्य : इन्द्रप्रसाद चेम्जोङ् कुम्मायक गाउँपालिका वडा न. ५, पान्थर
१९. वडा सदस्य : चन्द्रबहादुर चेम्जोङ् पथरी सनिश्चरे नगरपालिका वडा न. ३, मोरङ्
२०. वडा सदस्य : भक्त चेम्जोङ् माईजोगमाई गाउँपालिका वडा न. १, इलाम

सम्बन्धित खवर