नव निर्वाचित जनप्रतिनिधीहरुलाई सूर्याेदय टोलद्वारा स्वागत तथा सम्मान - Mangsebung News
  • शुक्रबार, बैशाख १८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नव निर्वाचित जनप्रतिनिधीहरुलाई सूर्याेदय टोलद्वारा स्वागत तथा सम्मान

दमक । झापाको दामक २ का नव निर्वाचित जनप्रतिनिधीहरुलाई दमक २ बेल्डाँगीमा अवस्थित सूर्याेदय टोलबासीले स्वागत तथा सम्मान गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित वडाध्यक्ष प्रजापति सापकोटा, वडा सदस्यहरु छवि दुलाल, ललित वि. क., चन्द्रकला बि.क.र कृष्णमाया थापालाई सूर्याेदय टोलबासीले टिका तथा खदा ओडाएर स्वागत तथा सम्मान गरेका हुन् ।

नव निर्वाचित वडाध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यमा र वडा सदस्यहरु छवि दुलाल, ललित वि क, चन्द्रकला बि क, कृष्णमाया थापाको विशेष आतिथ्य रहेको उक्त कार्यक्रम टोलका अध्यक्ष तथा समाजसेवी गणेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

छिमेकी टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, मठ्मन्दिर, माङ्हिमका प्रतिनिधि र टोलबासीको उपस्थितिमा सम्पन्न कार्यक्रममा टोल तथा समाजमा भएका न्यूनतम आधारभूत आवश्यकताहरुको बुँदागत मागपत्र टोलका अध्यक्ष राईले वडाध्यक्ष प्रजापति सापकोटालाई बुझाएका थिए ।

सम्बन्धित खवर