माङ्सेबुङको सरस्वति माबिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदै - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङको सरस्वति माबिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदै

  • योगेस लावती

माङसेबुङ । इलामको माङ्सेबुङ वडा नम्बर ५, मा अवस्थित सरस्वती माध्यमिक बिधालयमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । तीन दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि शुक्रबारबाट प्रारम्भ हुने भएको हो ।

माङ्सेबुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका बिधालयले सहभागी जनाउने भएको छ ।

प्रतियोगितामा पालिका भित्रका सहभागी बिधालयहरु श्री सरस्वती माध्यमिक बिधालय, श्री दुर्गा माध्यमिक बिधालय, श्री जनज्योति माध्यमिक बिधालय, श्री इभाङ माध्यमिक बिधालय, महेन्द्रदय माध्यमिक बिधालय, श्री चिसोपानी माध्यमिक बिधालय, श्री बिध्या सिर्जना माध्यमिक बिधालय रहेका छन् ।

प्रतियोगितामा भलिबल, रनिङ, हाईजम्प,ज् याप्लिङ थ्रो, कबडी, छेलो, कराते लगायतका खेलहरु हुने सरस्वती मा.बि.का प्रधानाध्यापक हरिकुमार आङ्देम्बेले बताए ।

सम्बन्धित खवर