युद्धमा दैनिक २ सय युक्रेनी सैनिकको मृत्यु - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युद्धमा दैनिक २ सय युक्रेनी सैनिकको मृत्यु

एजेन्सी । दैनिक २ सय को हाराहारीमा आफ्ना सैनिक मरिरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सहयोगीले बताएका छन् ।

सेनाविरुद्ध अग्रपंक्तिमा लडिरहेकामध्ये दैनिक १ सय देखि २ सय रुसी सैनिक मरिरहेको जेलेन्स्कीका वरिष्ठ सहयोगी मिखायलो पोदोलियाकले दाबी गरेका हुन् ।

यसअघि युक्रेनी रक्षामन्त्रीले दैनिक झण्डै १ सय सैनिक मरिरहेको र ५ सय सयभन्दा बढी घाइते भइरहेको बताएका थिए ।

युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध जारी रहेको र रुसको सामना गरिरहन सयौँ पश्चिमी मिसाइलको आवश्यकता पर्ने पोदोलियाकले बताए ।

जेलेन्स्कीका सहयोग पोदोलियाकले रुसले परमाणु बमबाहेक सबैजसो शक्तिशाली हतियार प्रयोग गरिरहेको भन्दै ती हतियारको सामना गर्न युक्रेनलाई पश्चिमा देशले ठूलो क्षमताका हतियार दिनुपर्ने बताए ।

बीबीसीसँगको कुराकानीमा उनले किभ मस्कोसँग फेरि शान्तिवार्ताका लागि तयार नरहेको बताए । पोदोलियाकले रुसी सेना फिर्ता नभएसम्म शान्ति वार्ताको कुनै औचित्य नहुने भन्दै अब वार्ताका लागि आफूहरूको कुनै पहल नरहने उनको भनाइ छ ।

सम्बन्धित खवर