पत्रकार मञ्च दमकको अध्यक्षमा कमन देवान निर्वाचित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार मञ्च दमकको अध्यक्षमा कमन देवान निर्वाचित

  • काकीराम लावती ‘आन्छुमे नसान’

दमक । पत्रकार मञ्च दमकको आठौं अधिवेशन तथा १२ औं साधारण सभावाट अध्यक्षमा कमन देवान याक्खा सर्वसम्मत चयन भएका छन् ।

दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा पत्रकार मञ्च दमकको सभाहलमा आज शनिबार सम्पन्न अधिवेशनबाट देवानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका छन् ।

नवनिर्वाचित उपाध्यक्षमा गिता ढुङ्गाना, सचिवमा उमानाथ भण्डारी, सहसचिवमा धनबहादुर थेवे निवाहाङ र कोषाध्यक्षमा जीवन चुडाल निर्वाचित भएका छन् ।

यसैगरि नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा दिलिप घिमिरे, डिल्लीराम मुसाहाङ, सविना राई, गंगामाया बेघा, टिकाराम विश्वकर्मा र सुमित्रा गुरागाई चयन भएका छन् ।

यस्तै लेखा समिति संयोजकमा सान नेपाल, सदस्यमा लक्ष्मी अधिकारी र संसेमी माङयुङ चयान भएका छन् ।

अनुशासन समितिको संयोजकमा गोपाल झापाली, सदस्यमा छविलाल दवाडी र सेसेमी से.नाल्बो निर्वाचित भएका छन् ।

पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देशराज नेम्बाङले गरेका थिए ।

सम्बन्धित खवर