नव निर्वाचित लिम्बू जनप्रतिनिधिहरुलाई कियाचु झापाद्धारा सम्मान - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नव निर्वाचित लिम्बू जनप्रतिनिधिहरुलाई कियाचु झापाद्धारा सम्मान

  • मुसाहाङ अम्याङ्सा

दमक । स्थानीय तहको निर्वाचन–२०७९ मा निर्वाचित झापा जिल्लाका याक्थुङ्÷लिम्बू जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार झापाको दुधेस्थित भू.पू.सैनिक सभाहलमा किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाको आयोजनामा किरात याक्थुङ् चुम्लुङ् संघीय उप–महासचिव डा. योगेन्द्र पालुङ्वाको प्रमुख आतिथ्यतामा एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्ष, १६ वडा अध्यक्ष, २९ वडा सदस्य गरी ४७ जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख मेघाहाङ् थोप्रा (रोशन), हल्दिवारी गाउँ पालिका गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन लगायत १६ वडा अध्यक्ष र २९ वडा सदस्यहरुलाई सम्मान–पत्र प्रदानद्वारा सम्मान गरेको थियो ।

कार्यक्रममा कियाचु संघीय सल्लाहकार तथा कियाचु पूर्व केन्द्रीय सदस्य तुम्याहाङ् जितबहादुर लाओती,शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेघाहाङ् थोप्रा (रोशन), किरात याक्थुङ् चुम्लुङ संघीय सदस्य अमृत योङ्हाङ, राष्ट्रिय चुम्लुुङ् सदस्य जनबहादुर चवेगु, विर्तामोड नगरपालिका वडा न. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिवसताक्षी नगरपालिका वडा नं.१ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ, शिवसताक्षी नगरपालिकावडा नं. ७ का वडाध्यक्ष भुवानी विक्रम चेम्जोङ्, शिवसताक्षी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष डिल्लीलाल फेम्बु, शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्बो, बाह्रदशी गाउँपालिका वडा नं. ६, का वडाध्यक्ष रत्न प्रकाश योङ्हाङ्, कमल गाउँपालिका वडा नं.२ का वडाध्यक्ष अशोक आङ्देम्बे, कियाचु लिम्बुवान कार्य समिति सचिव इक्साहाङ् चेम्जोङ्, मेचीनगर वडा नंं ७ की वडा सदस्य तथा कियाचु मेचीनगर नगर शाखाकी कोषाध्यक्ष मिनमाया लिम्बू सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाका अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा कियाचु झापा शाखाका उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य र कियाचु जिल्ला सचिव प्रेमचन्द्र इङवारम लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर