राष्ट्रपति रनिङ सिल्ड : सरस्वती माबि.प्रथम, दुर्गा मावि. दोस्रो र इभाङ मावि तेस्रो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रपति रनिङ सिल्ड : सरस्वती माबि.प्रथम, दुर्गा मावि. दोस्रो र इभाङ मावि तेस्रो

माङसेबुङ । माङसेबुङ गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ सिल्ड २०७९’ मा श्री सरस्वती मा.वि. भालुटारले प्रथम स्थान हासिल गरेको छ ।

गाउँपालिका भरिका ६ वटा माध्यमिक विद्यालयले ९ वटा खेलहरुमा प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा सरस्वतीले दुई दर्जन स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

सरस्वती मा.वि.ले गाउँपालिका स्तरका खेलमा यतिका धेरै खेलहरुमा स्वर्ण पदक जितेको भने पहिले पटक हो ।

सरस्वतीले लङ्ग जम्प छात्र, लङ्ग जम्प छात्रा,ज्यप्लिङ थ्रो छात्र, ज्यपलिङ थ्रो छात्रा, ट्रीपल जम्प छात्र, ट्रिपल जम्प छात्रा, साट पुट छात्र, हाई जम्प छात्रा, ३ हजार मीटर छात्र, ३ हजार मीटर छात्रा, २ सय मीटर छात्रा, ४ सय मीटर छात्र, १५ सय मीटर छात्र, १५ सय मीटर छात्रा, ८ सय मीटर छात्र, १ सय रीले छात्रा, ४ सय रिले छात्रा, भलिबल छात्र, कबड्डी छात्र, कबड्डी छात्रामा स्वर्ण पदक हासिल गरे ।

यस्तै सटफुट छात्रा, २ सय मीटर छात्र, ४ सय मीटर छात्रा, १ सय मीटर छात्रा, ८ सय मीटर छात्रा, १ सय मीटर रिले छात्र र ४ सय मीटर रिले छात्रमा रजत पदक हासिल गरेका छन ।

यसैगरी दुर्गा मावि खलङगे दोस्रो र इभाङ माविले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा छात्र भलिबल, कराते, छेलो, ज्याब्लिङ थ्रो, कबड्डी, रिले दौड, हाइजम्प र लङ जम्प खेलहरु रहेका थिए ।

प्रतियोगितामा सरस्वती मावि भालुटार माङसेबुङ ५, विद्यासिर्जना मावि माङसेबुङ ४, दुर्गा मावि माङसेबुङ ३, जिवनज्योति मावि माङसेबुङ ३, चिसापानी मावि माङसेबुङ ६ र इभाङ मावि माङसेबुङ २ ले प्रतिस्पर्धा गरेका थिए ।

माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्बाङ र कार्यपालिका सदस्य सुसन राइले बिजेता, उपबिजेता र सहभागीलाई पुरस्कार बितरण गरेका थिए ।

पदक जितेका खेलाडीहरुले गाउँपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

सम्बन्धित खवर